बिर्तामोड । सात दिनदेखि हराइरहेकी झापा कनकाई नगरपालिका– २ की विजिता भण्डारी (माइली) मृत अवस्थामा फेला परेकी छन् ।
सुरुङ्गाको ह्याप्पी ल्यान्ड छेउको धानबारीमा उनको शव बुधबार दिउसो १२ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शवलाई पोस्टमार्टमको लागि भद्रपुर अस्पताल पठाइएको छ । के कारणले माइलीको मृत्यु भयो भन्ने बारे खुलेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
माइली असोज ३ गते देखि हराएकी थिइन । २१ वर्षीय माइली मानसिक र शारीरिक रुपमा कमजोर रहेकी थिइन ।