सुन तोलामा ५ सय बढ्यो

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मूल्य प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ७ सयमा सुनको कारोबार भएको थियो ।

विगत एक सातादेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख ५७ हजार १ सयमा कारोबार भएको सुन आइतबार १ लाख ५८ हजार ८००, सोमबार १ लाख ५९ हजार २००, मंगलबार १ लाख ५९ हजार ७००, बुधबार १ लाख ६० हजार ४०० र बिहीबार १ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति