झापामा दुईजनालाई बाढीले बगायो

झापा । झापामा दुईजना बाढीमा बगेका छन् । उनीहरू छुट्टाछुट्टै खोलामा आएको बाढीमा बगेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण आएको कृष्णे खोलामा आएको बाढीमा कमल गाउँपालिकाका ३५ वर्षीय टीकाराम चौधरी बेपत्ता भएका छन् ।

माछा मार्न खोलामा गएका उनी बेपत्ता भएका हुन् ।

यस्तै कचनकवल गाउँपालिका १ स्थित चमर भिट्टाबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुना खोलामा आएको बाढीले बगाएको हो ।

उनी बेपत्ता छिन् तर, खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

झापामा अरु धेरै पुल तथा पूर्वाधारहरूमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found