कोशीमा ज्यान गुमाउनेको संख्या १५ पुग्यो

विराटनगर। बाढीपहिरोको कहरले आइतबार बिहानसम्ममा कोशी प्रदेशमा १५ जनाको मृत्यु भएको छ। अझै पनि ८ जना बेपत्ता छन्।

पछिल्लो समय झापाको किस्ने खोलामा हामफालेर बेपत्ता बनेका गौरीगन्ज २ का केमालाल राजवंशी मृत फेला परेका छन् भने उदयपुरको रौतामाई १ की १५ वर्षीया हिसिला तामाङलाई ओडारे खोलाले बगाउँदा उनको मृत्यु भएको छ।

यी दुई जनाको मृत्यु भएपछि कोशीमा मृतकको संख्या १५ पुगेको हो।

कोशीमा हालसम्म सबैभन्दा धेरै पहिरोले ज्यान लिएको छ। पहिरोको कहरमा परेर हिमाली जिल्ला सोलुखुम्बुमा ५ जनाले ज्यान गुमाउँदा पाँचथरमा पनि पाँचै जनाको मृत्यु भएको छ। पहिरोमै परेर धनकुटामा दुई जनाले ज्यान गुमाउँदा इलाममा बाढीले एक जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found