झापा । दुईदिन अघि झापाको जमुना खोलाले साइकलसहित बगाएकी बालिका मृत भेटिएकी छिन् ।
कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचूँ राजवंशीकी छोरी १४ वर्षीया नेहारिका राजवंशी आइतबार दिउँसो मृत भेटिएकी हुन ।
बालिककाे शव बेपत्ता भएको स्थानबाट करिब २ किलोमिटर दक्षिण चमारभिट्टा गाउँबाट ५०० मिटर पूर्व सोनामुनि खोलाको डिलमा धानबारिमा भेटिएको कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । उनी चढेकाे लेडिज साइकल चाहिँ विहान फेला उनको भनाइ छ ।
भारतकाे विहारस्थित आफ्नो सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा पुगेपछि शुक्रबार दिउँसो करिब ३ बजे जमुना खाेलाले उनलाई साईकलसहित बगाएको थियो ।