पाँचथरमा २ महिला मृत फेला

पाँचथर । खोलाले बगाएर ल्याएको र सडकमा लडिरहेको अवस्थामा पाँचथरमा शनिबार बिहान २ जना महिला मृत फेला परेका छन् ।

प्रहरीका अनुसार कुम्मायक गाउँपालिका–३ तमोर नदीको बरुम्जे दोभानमा १ जनाको शव भेटिएको हो ।

नदीले बगाएर ल्याएको अवस्थामा शव भेटिएकी महिलाको पहिचान खुलेको छैन ।

पहिचानको प्रयास भइरहेको र बाढी एवं पहिरोबाट बेपत्ता भएकाका परिवारलाई खबर गरिसकिएको जानकारी प्रहरीले दिएको छ ।

त्यस्तै, फिदिम नगरपालिका–१२ भोटेगाउँको सडकमा लडिरहेको अवस्थामा १ महिलाको शव भेटिएको छ ।

फालेलुङ गाँउपालिका–७ की ५५ वर्षीया देवीमाया रिमाल (तामाङ) मृत फेला परेको प्रहरीले जनाएको छ । उनी माइती जान्छु भनेर असोज १२ गते घरबाट हिँडेको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका छन् ।

माइती नपुगेपछि उनको खोजी थालिएको थियो । खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति