पाँचथर । मेचिराजमार्ग अन्तरगत एक साताबाट अबरुद्धरहेको हेवाखोलामा डाइभर्सन निर्माणको १२ वटा ह्युम पाइप हेवाखोलामा आइपुगेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
हेवाखोलामा १२ वटा ह्युम पाइप आइपुगे पछि आजैबाट डाइभर्सन निर्माणको काम सुरु गरिने सडक डिभिजन इलामका प्रमुख पबन भट्टराईले जानकारी दिए । डाइभर्सन निर्माण गरि यथाशिध्र सडक सञ्चान गरिने भट्टराईले जानकारी दिए ।
हेवाखोलामा डाइभर्सन निर्माणको लागी ल्याइदै गरेको ह्युम पाइप तमोर करिडोरको नावाखोलामा केहि दिन अड्कीदा डाइभर्सन निर्माणको काममा ढिलाइ भएको थियो ।
हेवाखोलामा आएको बाढिले बेलिब्रिज बगाउदा एक साताबाट पाँचथरका हिलिहाङ, याङवरक र छिमेकी जिल्ला ताप्लेजुङमा पुणर्रुपमा यातायात सम्पर्क टुटेको थियो । यातायात सम्पर्क टुटेसँगै हिलिहाङ, याङवरक र छिमेकी जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ ।