झापा र दाङ मा बालिकामाथि जबरजस्ती करणी

काठमाडौं । झापा र दाङ जिल्लामा बालिकामाथि जबरजस्ती करणी भएको छ । प्रहरीले छुट्टाछुट्टै घटनामा दुई जनालाई पक्राउ गरेको छ ।

झापाको १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१ बस्ने २१ वर्षीय दिक्छेन तामाङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती बालिकालाई गत असोज १४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता दाङमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-२ बेला बस्ने ४० वर्षीय धर्मराज यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती बालिकालाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति