इटहरीकी निलु घाँटी रेटिएको अवस्थामा फेला

इटहरी । इटहरीमा एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी छन् ।

EPIC EPIC

मंगलबार साँझ ६ः१० बजेतिर इटहरी ५ की एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी हुन् ।

घाँटी रेटिएको अवस्थामा फेला परेपछि स्थानीय निलु रसाइली (रायमाझी)लाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो ।

तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका छन् । उनी आफ्नै घरको कोठामा चक्कुले घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन् ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार ३९ वर्षीया निलुले आफैँले चक्कुले घाँटी रेटेको अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो ।

चक्कुले घाँटी रेटेर छटपटिरहेको अवस्थामा उनकै छोरीले देखेपछि तत्काल उपचारका लागि लगिएपनि उपचार सम्भव नभएको प्रहरीले जनाएको छ ।

आफूले आफैँलाई घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found