हेवा खोलामा डाइभर्सन, मेची राजमार्ग सञ्चालनमा

फिदिम । पाँचथरको हेवा खोलामा डाइभर्सन बनेसँगै गाडी सञ्चालनमा आएको छ ।

मेची राजमार्गको हेवाखोलामा डाइभर्सन, रमिते पहिरो पन्छाउनका साथै माइखोलामा बाटो बनाएर राजमार्ग सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिए ।

गत असोज १२ गते अविरल वर्षसँगै आएको बाढीले बेली ब्रिज बगाएपछि पाँचथरको हिलिहाङ, याङवरक गाउँपालिका सँगै सिङ्गो ताप्लेजुङ सम्म सडक सञ्जाल टुटेको थियो ।

साना तथा ठुला गाडीको लागी हृयुम पाइप ओछ्याएर डाइभर्सन बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found