काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको हो।
मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ५६।५०, दोस्रो वर्गमा एक सय ५८ र तेस्रो वर्गमा एक सय ५९ रुपैयाँ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा एक सय ४८।५०, दोस्रो वर्गमा क सय ५० र तेस्रो वर्गमा एक सय ५१ रुपैयाँ कामय भएको छ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ।