बिर्तामोड । झापाको बिर्तामोडमा शुक्रबार दिउँसो पैनीमा डुबेर एक बृद्धाको मृत्यु भएको छ ।
बिर्तामोड–६ बुट्टाबारीकी ७८ वर्षीया इन्द्रमाया राईको घर नजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको हो ।
डुबिरहेको अवस्थामा उनकै नातिनी मनिषा राईले देखेर उपचारको लागि बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।
मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।