बिर्तामोड । झापाको अर्जुनधारा-६ कप्तानबाडीकी मिना दनुवारको सुतेकै ठाउँमा मृत्यु भएको छ ।
सोही स्थानका घलेन्द्रनाथ बास्तोलाको घरमा घरायसी काम गर्ने ५५ बर्षकी दनुवारको गएराती सुतेकै ठाउमा मृत्यु भएको हो ।
बिहान अबेरसम्म चुकुल नखोलेपछि घरधनी वाँस्तोलाले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले ढोका फुटाएर हेर्दा दनुवारलाई मृत अवस्थामा फेला पारेको जनाएको छ ।