आज पनि तिहारको बिदा !

काठमाडौं : भाइटीका लगाई आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि सोमबार सरकारी कार्यालय खुल्ने छैनन्। सरकारले सोमबार पनि तिहारकै बिदा दिएको छ। तिहार सकिए पनि देशभरका कार्यालय भने मंगलबार मात्रै खुल्नेछन्।

EPIC EPIC

अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ। १५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा) को बिदा छ, तर १६ र १९ गतेको बिदाको विवरण भने दिइएको छैन।

२०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटीका कहिले लगाउने भन्ने विवाद भएको थियो। पञ्चांग निर्णायक समितिले निकालेको पात्रोमा मंसिर १ गते भाइटीका उल्लेख थियो। नेवार समुदायले मंसिर २ गते किजापूजा गरेको थियो। त्यसैले सरकारले तिहारको विदा एक दिन थप गरेको थियो। त्यसयता तिथि घटबढ नहुँदा अर्थात् भाइटीकामा विवाद नभए पनि सरकारले तिहारको बिदा एक दिन बढी दिने गरेको छ।

1000031092
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found