झापाको बुद्धशान्तिमा छठ पूजाको भव्य तयारी

बुधबारे । झापाको बुद्धशान्ति ३ बुधबारे स्थित हडिया खोलाको किनारमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पुजा सेवा समिति बुद्धशान्तिले हडिया खोला किनारमा प्रत्येक बर्ष आयोजना गर्दै आएको छठ पूजालाई यस वर्षपनि निरन्तरता दिएको हो ।

chatpuja budabare 2

यस वर्षको छठ पूजाका लागि ३ वटा घाटमा ९० बढी स्टलहरु निर्माण गरिएको समितिका सचिव तारकेश्वर गुप्ताले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएकाका लागि निःशुल्क पन्डालको ब्यवस्थासमेत गरिएको उनले बताए । पूजा स्थलमा पण्डाल, केराको बोट, विभिन्न प्रकार फुल, विभिन्न रङ्गका अबिरसहित झिलिमिली बत्ती लगाएर सजावट गरिने काम बिहीबार दिउँसोसम्म सकिने सचिव गुप्ताको भनाई छ ।

chat puja budhabare 1

पूजा सम्पन्न गर्न २ लाख बढी खर्च हुने अनुमान गरिएको र सो रकम समिति, स्थानीय भक्तजन, बुद्धशान्ति गाउँपालिका तथा वडा नं. १ र ३ को कार्यालयले सहयोग गरेको समितिका उपाध्यक्ष दुर्योधन सिंह राजपुत देवले बताए ।

आज बिहीवार ३ बजेबाट सुरु हुने छठ पूजामा ५ हजारबढी भक्तजनहरुको उपस्थिति रहने सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति