विद्यालयमा हुने लैङ्गिक हिंसा विरुद्ध गुनासो सुनुवाइ कार्यविधि २०७४ बारे शिक्षकसँग अन्तर्क्रिया कार्यक्र मसम्पन्न

बनियानी । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको दोस्रो दिन(आज) कचनकवल गाउँपालिकामा शिक्षकहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। न्याय तथा विकासका लागि सामाजिक संजाल र कचनकवल गाउँपालिकाको सहकार्यमा तथा लुथरन विश्व फेडरेसन को आर्थिक सहयोगमा आयोजित कार्यक्रममा कचनकवलका विभिन्न विद्यालयका शिक्षक-शिक्षिका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

कार्यक्रममा विभिन्न विद्यालयका ५० भन्दा बढी शिक्षकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यालयभित्र हुने लैङ्गिक भेदभाव, शारीरिक र मानसिक हिंसाका घटनाहरूका कारण, असर, र समाधानका तरिकाबारे विचार प्रस्तुत गरे।

कार्यक्रमको मुख्य उद्देश्य शिक्षण संस्थामा लैङ्गिक न्याय प्रवर्द्धन गर्दै सम्भावित हिंसा र भेदभाव न्यूनीकरण गर्ने थियो। छलफलका क्रममा विद्यालयस्तरीय गुनासो व्यवस्थापन प्रणाली, सुनुवाइ प्रक्रिया, र लैङ्गिक समानताका प्रवर्द्धनका उपायहरूबारे गहन विमर्श भयो। सहभागी शिक्षक-शिक्षिकाले आफ्नो अनुभव र चुनौतिहरू साझा गर्दै विद्यालयमा लैङ्गिक न्याय सुनिश्चित गर्न ठोस उपायहरू प्रस्ताव गरे।

कार्यक्रममा सहभागीहरूले विद्यालयमा गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउँदै विद्यार्थी र अभिभावकका समस्याहरू निष्पक्ष रूपमा समाधान गर्न जोड दिए। उनीहरूले शिक्षण संस्थामा लैङ्गिक हिंसा रोकथामका लागि शिक्षक-शिक्षिकालाई विशेष प्रशिक्षणको आवश्यकता रहेको औंल्याए।


कार्यक्रमले विद्यालयस्तरीय मात्र नभई समुदायस्तरमा पनि लैङ्गिक हिंसा न्यूनीकरण र लैङ्गिक समानता प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहभागी शिक्षकहरूले विद्यालयमा छात्र-छात्रा, अभिभावक, र शिक्षकबीच समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिए।
गाउँपालिकाकाकी शिक्षा शाखा प्रमुख मनिता बरालले संस्थालाई सुरक्षित, न्यायपूर्ण, र समावेशी बनाउन दीर्घकालीन योजना तयार गर्ने प्रतिबद्धता जनाइन्। उनीहरूले यस्तो अभियानलाई निरन्तरता दिँदै शिक्षण संस्थाहरूमा लैङ्गिक समानतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने बताइन्।

कार्यक्रमको सहजीकरण हेमकुमार खड्का र सृष्टिका भट्टराईले गरेका थिए भने कुमार चुडालले कार्यक्रम सञ्चालन गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले शिक्षक-शिक्षिका र समुदायलाई लैङ्गिक न्याय प्रवर्द्धनमा थप जिम्मेवार बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति