खो खो विश्वकप : महिलातर्फ नेपालको शानदार जित

काठमाडौं । भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला टोलीले विजयी सुरूवात गरेको छ । नेपालको महिला टिमले पहिलो खेलमा भुटानलाई ९३-२४ ले हराएको हो ।

EPIC EPIC

खेलको उत्कृष्ट खेलाडी नेपालकी मानमती धामी घोषित भइन् । सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले आजै अर्को खेलमा जर्मनीसँग खेल्ने छ ।

समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् । नेपालले बुधबार श्रीलंकासँग, बिहीबार बंगलादेशसँग खेल्ने छ । हरेक समूहबाट शीर्ष दुई टोली क्‍वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

पुरुषतर्फ समूह ए मा रहेको नेपालले पहिलो खेलमा भने भारतसँग ४२-३७ ले पराजित भएको थियो । पुरूष टोलीले आज पेरूसँग खेल्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found