ताप्लेजुङमा पहिरो : बेपत्ता दुई जनाको शव भेटियो

ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ फाकुम्बा, च्यानडाँडामा पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

बुधवार बिहान गएको पहिरोमा चेप्टे शेर्पा भनेर परिचित ६५ वर्षीय लाक्पा खाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मा लाक्की शेर्पाको शव भेटिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए।

सोही घटनामा लाक्पा खाङ्डुका १२ वर्षीय नाति दारिञ्जी शेर्पा र छिमेकी सन्तोष सङ्कल्प घाइते भएका छन् ।

उनीहरूलाई फाकुम्बा स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल ताप्लेजुङमा रिफर गरिएको मृतकका आफन्त तथा गाउँ कार्यपालिका सदस्य पासाङ ग्याबु शेर्पाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा