बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्ग सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बुधबार साँझ करिब ६ बजे इलामबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश ३–०२–००७ प ६०९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा भद्रपुर नगरपालिका–६ भानुचोक बस्ने ५९ वर्षीय राम श्रेष्ठ गम्भीर घाइते भएका थिए। स्थानीयले उनलाई तत्काल प्रादेशिक अस्पताल भद्रपुर पुर्याए पनि उपचारको क्रममा साँझ ७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
हाल मृतकको शव सोही अस्पतालमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।