बिर्तामोड । झापाको बिर्तामोडमा जेनजीको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का प्रदर्शनकारीको पनि मृत्यु भएको छ ।
बीएण्डसी अस्पतालमा उपचाररत हिलिहाङ–२ पाँचथर घर भई बिर्तामोड–१० मा बस्ने अन्दाजी ३५ वर्षका कमल भण्डारीको उपचारका क्रममा बुधबार साँझ ६ः५ बजे मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा भएको झडपमा यसअघि अर्जुनधारा–८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको थियो ।