धरानको भाटभटेनीभित्र जलेको अवस्थामा शव फेला

धरान । धरान उपमहानगरपालिका १० स्थित पुतली लाइनमा रहेको भाटभटेनीभित्र जलेको अवस्थामा शव फेला परेको छ ।

आज शुक्रबार धरानका जनप्रतिनिधि र सुरक्षकर्मीले घट्नाको निरीक्षण गर्ने क्रममा भाटभटेनीको दोस्रो तलामा जलेर खरानी भएको अवस्थामा एउटा शव फेला परेको हो ।

आगोले शव जलेर शरीरको केही अवशेष मात्रै थियो । उक्त अवशेषलाई प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टम गर्न लगेको प्रहरीले जनाएको छ ।

जेन–जी आन्दोलन को दोस्रो दिन मंगलबार अराजक समूहले भाटभटेनीमा तोडफोड, लुटपाट गरी आगजनी गरेका थिए ।

भाटभटेनीमा लागेको आगो बिहिबार बेलुका मात्र नियन्त्रणमा आएको थियो तर चौथो तलामा पुनः आगो सल्केको देखिएपछि अहिले फेरि धरानको दुई वटा दमकलले निभाउने प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति