रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।

पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो । श्रेष्ठ र चौधरीको समूह फरक-फरक थियो ।

चौधरीले आफैंले स्थापना गरेको पार्टीमा अटाउन नसकेपछि छोडेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति