विर्तामोड । संक्रमणकालको फाइदा उठाउदै झापामा नदीजन्य सामग्रीको चोरी बढेको छ ।
झापाका बिरिङ, टाङटिङ, हडिया, नेते, रतुवा, मावा लगायतका खोलानालामा नदीजन्य सामग्रीको चोरी बढेको हो ।
खोलामा बाढी आएको समयमा नदीजन्य सामग्री उत्खनन्, संकलन तथा ओसार पसारसमेत प्रतिबन्ध हुन्छ । तर, आन्दोलनपछि उत्पन्न शुन्यताको फाइदा उठाउँदै चोरी बढेको हो ।
सामान्यतया असोजदेखि उत्खनन् ठेक्का खुलाएर नदीजन्य सामग्री बिक्री गरिन्छ । राज्यको आम्दानीको स्रोत रहेको यी सामग्री निरन्तर चोरी हुँदा राजस्व संकलन प्रभावित हुन्छ ।