सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त

काठमाडौँ । सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् ।

महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामा आजै स्वीकृत भएको थियो । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी हुन् ।

1000009217
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति