काठमाडौं । अन्तरिम सरकार गठन भएसँगै सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।
यसपटक, भ्रष्टाचार विरुद्धको अभियान जेनजीहरुले छेडेपछि सरकार नै परिवर्तन भयो । अब, नयाँ नेपाल बनाउनु पर्ने संकल्प धेरैले गरिरहेका छन् ।
यसैबिच, नेपाली फिल्मका केही नायिकाहरूले फागुन २१ गते भोट हाल्नका लागि बिदा लिन विदेशमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् ।
नायिकाहरू जसिता गुरुङ, अदिति वुढाथोकी, बेनिशा हमाल लगायतले विदेशमा बस्ने नेपालीहरूलाई नयाँ नेपाल निर्माणका लागि भोट हाल्नका लागि अपिल गरेका छन् ।
उनीहरुले नयाँ नेपाल निर्माण गर्न र ७५ जना बढी शहिदहरुको सपना साकार पार्नका लागि भोट हाल्न तयार भएर बस्न उनीहरुको आग्रह छ ।