काठमाडौं । कप्तान भर्जिल भ्यान डाइकले इन्ज्युरी समयमा निर्णायक गोल गरेपछि लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ।
लिभरपुलले एट्लेटिको म्याड्रिडलाई ३- २ ले पराजित गरेको हो । खेलको सुरुवाती चौथो मिनेटमै एन्डी रोबर्ट्सनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।
त्यसको दुई मिनेटपछि मोहम्मद सलाहले अर्को गोल थपेपछि पाहुना टोली २–० ले अघि बढ्यो।
तर, पहिलो हाफको अन्त्यतिर मार्कस लोरटेले एट्लेटिकोका लागि गोल फर्काए। लोरटेले नै ८१ औं मिनेटमा दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।
बराबराी उन्मुख खेलमा कप्तान भ्यान डाइकले कर्नरमा हेडिङमार्फत गोल गर्दै लिभरपुललाई नाटकीय जित दिलाए।
च्याम्पियन्स लिगमा बुधवारको नतिजा
लिभरपुल ३-२ एट्लेटिको म्याड्रिड
ओलिम्पियाकोस ०-० पाफोस
स्लाभिया प्राहा २-२ बोडो/ग्लिम्ट
आयक्स ०-२ इन्टर मिलान
बायर्न म्युनिख ३-१ चेल्सी
पेरिस सेन्ट-जर्मेन ४-० एटलान्टा