साफ यू-१७ च्याम्पियनसिप : नेपाल बंगलादेशसँग ४-० ले पराजित

काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४-० ले पराजित भएको छ ।

बिहीबार कोलोम्बो रेसर्कोर्समा भएको समूह ए को खेलमा पराजित भएपछि नेपालले सेमिफाइनल पुग्न अन्तिम खेलको नतिजा पर्खनुपर्ने भएको छ ।

यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो । समूह ए मा बंगलादेश र नेपालको समान ३ अंक छ । तर नेपालले दुवै खेल खेलिसकेको छ भने बंगलादेशले श्रीलंकासँग खेल्न बाँकी छ ।

आजको खेलमा बंगलादेशसँग बराबरी मात्र खेलेको भए नेपाल सेमिफाइनल पुग्ने थियो भने जितले नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्ने थियो । तर नतिजा नेपालको पक्षमा रहेन । बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्दै नेपालमाथि दबाब राख्यो । पहिलो हाफमा एक गोल मात्र गरेको बंगलादेशले नेपाल विरुद्ध दोस्रो हाफमा तीन गोल थपेको हो ।

बंगलादेशका लागि मो. सबिर इस्लामले ३०औं मिनेटमा पहिलो गोल गरे थिए । यस्तै अपु रहेमानले ४९औं, मो. आरिफले ५०औं र मो. मानिकले ६६औं मिनेटमा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति