काठमाडौं । बार्सिलोनाले च्याम्पियन्स लिगको नयाँ सिजन विजयी सुरुवात गरेको छ। समूह चरणको पहिलो खेलमा बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई २–१ ले हरायो।
बार्सिलोनालाई जित दिलाउन दुवै गोल गोल मार्कस रासफोर्डले गरे। म्यानचेस्टरबाट लोनमा बार्सिलोना पुगेका रासफोर्डले प्रतियोगितात्मक खेलमा टोलीका लागि पहिलो पटक गोल गरेका हुन्।
उनले ५८औँ मिनेटमा जूल्स कुँदेको क्रसलाई हेडरमार्फत गोल गरेका हुन् । रासफोर्ड ६७औँ मिनेटमा शक्तिशाली शट प्रहारबाट अर्को गोल थपे।
न्युक्यासलले ९०औँ मिनेटमा एन्टोनी गोर्डनमार्फत गोल फर्काए। तर टोलीले बराबरी गर्न सकेन। बार्सिलोनाका टोलीका युवा खेलाडी लमाइन यमाल चोटका कारण खेलेनन् ।
च्याम्पियन्स लिग बिहीवारको नतिजा
म्यानचेस्टर सिटी २-० नापोली
न्युक्यासल युनाइटेड १-२ बार्सिलोना
स्पोर्टिङ सिपी ४-१ काइराट आल्माटी
आइन्त्राख्ट फ्रान्कफर्ट ५-१ गलातासारे
एफसी कोपेनहेगन २-२ बायर लेभरकुसेन
क्लब ब्रुग ४-१ मोनाको