११ वर्षीया बालिका बलात्कृत, एक व्यक्ति पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ छन् ।

उनलाई बिहीबार दिउँसो प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले ती बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति