‘बलिदान’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बलिदान’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर एक्सनपूर्ण सिनले भरिपूर्ण छ ।

ट्रेलरको सुरुआतमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेको दृश्य छ । त्यसपछि प्रवेश हुने समीर भट्टको डाइलगले दर्शकलाई आकर्षित गर्छ । आमा र देशको रक्षाका लागि उनले गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।

ट्रेलरमा समीरसँगै ऋचा शर्मा, अर्पण थापा, सौगात मल्ल, महेन्द्र बुढाथोकी लगायतलाई देख्न सकिन्छ ।

आसुसेन फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ ।

निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । ‘बलिदान’ दसैँको फूलपातीको दिन रिलिज हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति