श्रीलंकामाथि बंगलादेशको रोमाञ्चक जित

nepalish-add

काठमाडौं । बंगलादेशले एसिसी टि ट्वावान्टी एसिया कपको सुपर फोरमा श्रीलंकालाई ४ विकेटले हराएकोछ । समूह बी मा एकतर्फी हार ब्यहोरेको बंगलादेशले सुपर फोरमा श्रीलंकासँग बदला लिएकोछ ।

जित्नलाई १ सय ६९ रनको लक्ष्य पछयाएको बंगलादेशले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका ओपनर सैफ हसनले ४५ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रन बनाए । तान्जिद हसन डक र कप्तान लिटन दास २३ रनमा आउट भए ।

तोव्हिद ह्र्दोयले ३७ बलमा ४ चौका र २ छक्कासहित ५८ रनको योगदान दिए ।

श्रीलंकाका वानिन्दु हसरंगा र दासुन शानकाले २-२ तथा दुश्मन्था चामिरा र नुवान थुसराले १-१ विकेट लिए

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । श्रीलंकाका मध्यक्रमका ब्याटर दासुन शानकाले ३७ बलमा ३ चौका र ६ छक्कासहित ६४ रनको अविजित इनिङ खेले ।

ओपनर कुशल मेन्डिस २५ बलमा १ चौका र ३ छक्कासहित ३४, पाथुम निसांका २२, कुशल परेरा १६ र चरिथ असलंका २१ रनमा आउट भए ।

बंगलादेशका मुश्ताफिजुर रहमानले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । मेहेदी हसनले २ र तस्किन अहमदले १-१ विकेटलिए ।

सुपर फोरमा बंगलादेशले अब बुधबार भारत र बिहीबार पाकिस्तानसँग खेल्नेछ । श्रीलंकाले सुपर फोरमा अब मंगलबार पाकिस्तान र शुक्रबार भारतसँग खेल्नेछ । भारत र पाकिस्तान आइतबार खेल्दैछन । सुपर फोरका शिर्ष दुई टोलि अर्को आइतबार फाइनल खेल्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

ताजा अपडेट

EPIC