युनाइटेड र फुलहम विजयी

nepalish-add

काठमाडौं । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि २–१ को जित निकालेको‌ छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलको पाँचौं मिनेटमा नै चेल्सी १० खेलाडीमा सिमित भयो। गोलरक्षक रॉबर्ट सांचेजलाई रेड कार्ड पाएका थिए।

३०औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेस गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। यो गोल उनको युनाइटेडका लागि एस सयौँ गोल हो।

६०औँ मिनेटमा केसेमीरो ले हेडमार्फत दोस्रो गोल थप्दै अन्तर २-० बनाए। तर केही बेरमै उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान बाहिरिनुपर्‍यो। त्यसपछि दुबै टोली १० खेलाडीमा सीमित भए।

८०औँ मिनेटमा ट्रेवोह चालोबह ले हेडरमार्फत गोल फर्काए। त्यसपछि अन्तिम क्षणसम्म चेल्सीले बराबरी खोजे पनि युनाइटेडले खेललाई नियन्त्रणमा राख्दै जित निश्चित गर्‍यो। युनाइटेड ७ अंकसहित दसौं स्थानमा उक्लिएको छ। ८ अंक जोडेको चेल्सी छैंटौं स्थानमा छ।

फुलहमको पुनरागमन जित

फुलहमले ब्रेन्टफोर्डमाथि ३–१ को जित दर्ता गरेको छ।
खेलको २०औँ मिनेटमा मिकेल डाम्सगार्डले ब्रेन्टफोर्डका लागि अग्रता दिलाए।

ful v bre

तर ३८औँ मिनेटमा एलेक्स आइओबी ले बराबरी गोल गर्दै फुलहमलाई खेलमा फर्काए।

४० मिनेटमा ह्यारी विल्सनले गोल गरेपछि फुलहमले पहिलो हाफमा २-१ को अग्रता लियो । ५० औं मिनेटमा ब्रेन्टफोर्डका इथन पिन्नक ले आत्मगोल गरेपछि फुलहम ३–१ ले विजयी भयो।

८ अंकसहित फुलहम आठौं स्थानमा छ। १७ औं स्थानमा रहेको ब्रेन्टफोर्डको ४ अंक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC