मानवीय क्षति शून्य हुने गरी काम गरिरहेका छौं– गृहमन्त्री अर्याल

nepalish-add

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मानवीय क्षति शून्य हुने गरी काम गरिरहेको बताएका छन्।

शनिबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले सुरक्षा निकाय तथा सम्बद्ध निकायलाई मानवीय क्षति शून्य हुनेगरी खटिन निर्देशन दिइएको बताए।

‘अहिले वर्षात सँगसँगै केही विपदहरू आए, भौतिक क्षति भइरहेका छन्। तर हामी मानवीय क्षति जिरो होस् भन्ने उद्देश्यले काम गरिरहेका छौं। कुनै पनि कमी-कमजोरी नहोस् भनेर निर्देशन गरिएको छ,’ उनले भने।

यस्तै विपदको समयमा फाइदा उठाउन खोज्नेहरू पनि सक्रिय हुने बताउँदै उनले त्यसलाई निगरानी तथा नियन्त्रण गर्न पनि निर्देशन दिएका छन्।

‘विपद बेला फाइदा उठाउनेहरू पनि हुन्छन्। सुशासनका लागि गठन भएको सरकार हो। यो बेला नाजायज फाइदा उठाएर आर्थिक आर्जन गर्न खोज्नेहरू हुन्छन्। त्यसलाई कडा रूपमा निगरानी र नियन्त्रण लिनुपर्छ भन्ने मेरो कुरा छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found