इन्जुरी समयको निर्णायक गोलमा चेल्सीले लिभरपुललाई हरायो

nepalish-add

काठमाडौं । इस्तेभाओले इन्जुरी टाइममा गोल गरेपछि चेल्सीले प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुललाई पराजित गरेको छ । चेल्सीेले लिभरपुललाई २-१ ले पराजित गरेको हो ।

पहिलो हाफको १४औं मिनेटमा मोइसेस काइसेडोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६३औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि लिभरपुलले खेल बराबरीमा ल्यायो ।

इन्जुरी समयको पाँचौं मिनेटमा इस्तेभाओले पोस्टनजिकैको बललाई स्लाइडिङ ट्याप इन गर्दै चेल्सीको जित पक्का गरे । उनको यो पहिलो प्रिमियर लिग गोल पनि हो । उनी बेन्चबाट दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

लगातार दुई हारपछि जित निकालेको चेल्सी ७ खेलमा ११ अंकसहित छैटौं स्थानमा छ । लगातार दोस्रो हार बेहोरेको लिभरपुल ७ खेलमा १५ अंकसहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC