मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै

nepalish-add

काठमाडौं । पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न वर्तमान सरकारका दुई मन्त्रीहरु आज इलाम जाने तयारीमा छन् । मौसम अनुकूल भएमा मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्याल इलाम जाने भएका हुन् ।

काठमाडौंबाट झापाको भद्रपुरसम्म नियमित उडानको हवाईजहाजमा र भद्रपुरबाट इलाममा हेलिकप्टरबाट जाने तयारी छ ।

असोज १८ गतेको भिषण वर्षाले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । कयौं घाइते र बेपत्ता छन् । राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरु भत्किएर क्षतविक्षत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found