पश्चिमी वायुको प्रभाव बढ्दै, पहाडी भागका एक–दुई ठाउँमा वर्षाको सम्भावना

nepalish-add

काठमाडौं। पश्चिमी वायुको प्रभाव बढेसँगै मनसुनी वायु (पूर्वी वायु) कमजोर हुँदै गएको छ । सम्भवतः एक–दुई दिनमै मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव छ । यो क्रमशः पूर्वतर्फ सरिरहेको छ र जाडो महसुस पनि भइरहेको छ ।

पश्चिमी वायुको प्रभावले गण्डकी र कर्णालीमा मध्यम खालको वर्षासमेत भएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ ।

देशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिए।

विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found