काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया एन्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा यूएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालले बलियो ओपनिङ साझेदारी गरेको छ।
आठौं ओभरको खेल चलिरहँदा नेपालले अर्धशतकीय साझेदारी गरेको हो।
ओपनर आशिफ शेख २७ र कुशल भुर्तेलले २२ रन बनाएपछि नेपालले ५० रन पूरा गरेको हो।
ओमानको अल अमारेत ग्राण्डमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। युएईविरुद्ध खेल्ने नेपालको टोलीमा कुनै परिवर्तन गरिएको छैन। समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै यूएईविरुद्ध मैदान उत्रिएका छन्।









