रोहितको अर्धशतकमा कतारलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य

nepalish-add

काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा कतारलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनायो । कप्तान रोहितले ४१ बलमा ५८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन बनाए । गुल्शन झाले आजपनि ८ बलमा १६ रनको क्यामिओ पारी खेले ।

कतारका लागि कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । डानियल लुइसले पनि ३ विकेट लिए । मुहम्मद असिमले १ विकेट लिए ।

नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराइसकेको छ । नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो । नेपाल अपराजित यात्रा कायमै राख्ने सोचमा हुनेछ ।

यता कतारले भने पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो । सुपर सिक्समा अंकविहीन अवस्थामा सुरु गरेको कतारलाई जितको आवश्यकता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found