पाल्पाको तिनाउ गाउँपालिका-६ मस्याममा जीप दुर्घटना भएको छ । मंगलबार डुम्रेबाट मस्याम जाँदै गरेको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको सो वडाका अध्यक्ष टोमबहादुर पुनले बताए ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका–६, चिदीसमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयले घटनास्थलमा उद्धारको काम भइरहेको र सबैलाई प्रभासस्थित मेडिकल कलेज ल्याउँदै गरेको जनाएको छ । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका स्थानीयले बताएका छन् । घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ ।
मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।