काठमाडौं । जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर यसअघि गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन । अझै पनि उक्त क्षेत्र तथा जिल्लामा परकम्प गइरहेको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त क्षेत्रमा हालसम्म ६ सय बढी परकम्प गइसकेको छ ।