बुद्धशान्ति उद्योग बाणिज्यसंघको चुनावले ततायो बुद्धशान्तिको माहोल

बुधबारे । बुद्धशान्ति उद्योग बाणिज्यसंघको चुनाव जेठ २८ गते सोमबार हुँदैछ । आसन्न चुनाव नजिकिएसंगै चुनावी माहोल पनि तातिएको छ ।

यसैक्रममा बाणिज्यसंघको अन्य पदमा सर्वसम्म्त रुपमा चयन भएता पनि ४ जना सदस्यको लागि पाँच जनाको उम्मेद्वारी परेसंगै चुनावी माहोल तातेको हो । एक स्वतन्त्र संगै ४ जनाको सदस्यतामा भिडन्त हुने भएको हो ।

खुल्ला सदस्यमा उम्मेदवारी दिएका चन्द्र कटुवाल, रामलाल कोईराला, मदन कुमार भट्टराई र श्रीलाल चौधरी यतिवेला आफ्ना मतदातालाई भोट माग्न व्यस्त छन् । उनीहरु किराना पसल, हार्डवेयर, कृषि सामग्री पसल र सुनचाँदी पसलको साझा उम्मेद्वार रहेको बताउँछन् ।

आफूहरु प्रत्यक्ष व्यवसायमा संलग्न रहेका कारण जित सुनिश्चित भएको उम्मेद्वार चन्द्र कटुवालले बताएका छन् । आँफू बस्तुगत व्यवसायीको हकहितका लागी चुनावी मैदानमा जितका लागि उत्रिएको उनले बताए । उनले आफ्नो साझा टिमलाई नै अत्याधिक मत दिएर जिताउन मतदातासमक्ष अपिल समेत गरेका छन् ।

व्यवसायीहरुको हक, हित र अधिकारको संरक्षण गर्न भिन्न चार बिधाबाट एउटा ससक्त टीम बनाएर हामी चुनावी मैदानमा होमीएका हौँ, निर्वाचित भएर सम्पूूर्ण व्यवसायीहरुको पक्षमा सदैव आवाज उठाउने अर्का उम्मेद्वार रामलाल कोईरालाले बताए ।

स्वतन्त्र उम्मेद्वारका रुपमा रहेका मनोरथ तिवारीले पनि आफ्नो जितका लागी व्यवसायी मतदाता संग भेट्दै आएका छन् ।

४ सय ८४ जना मतदाता रहेको बाणिज्यसंघको चुनाव भोली मिति २०८१ जेठ २८ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ट्रेन्डिङ

No data was found