बनियानी खोलाले बगाउँदा १३ वर्षिय बालक बेपत्ता

बिर्तामोड । झापाको दक्षिणपश्चिम पालिका गौरीगञ्ज वडा नम्बर १ मा बनियानी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।

वडा अध्यक्ष कात्तिकलाल राजवंशीका अनुसार बेपत्ता हुनेमा वडा नम्बर १ झोलुंगे टोलका वेद विकका १३ वर्षीय छोरा मिलन विक रहेका छन् ।

हिजो साँझ ६ बजेतिर साथीहरुसँग खोला तर्ने क्रममा ती बालकलाई खोलाले बगाएको स्थानीयले बताएका छन् ।जनपद प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा खोलामा बालकको खोजी कार्य जारी रहेको छ । तर, हालसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति