नेपाली कथानाक चलचित्र ‘बर एण्ड बधु’ यही भदौ १४ गतेदेखि देशैभरिबाट एकसाथ प्रदर्शनमा आउने भएको छ ।
विहिबार बिर्तामोडमा चलचित्रका कलकारहरु आचल शर्मा, किरण केसी र नवनायक विबेक कर्मचार्य सहित निर्देशक मिलन चाम्स र चलचित्रका निर्माता जानुका थापाले पत्रकारहरुसंग अन्तरक्रिया गरी चलचित्रका बारेमा जानकारी दिएका हुन् ।
चलचित्र वर एण्ड वधुलाई नेपाल लगायत रोमानिया, इटाली र फ्रान्सको बिभिन्न रमणिय स्थलहरुमा छायाँकन गरिएको निर्देशक चाम्सले बताउनुभयो । आफुले निर्देशन गरेका चलचित्रहरु मध्ये लिलिबिलिपछि रिच क्यानभासमा तयार पारिएकोे आफ्नो दोस्रो चलचित्र वर एण्ड वधु रहेको चाम्सले पत्रकारहरुलाई जानकारी गराएका छन् ।
नवनायक विबेक कर्मचार्यले आफु चलचित्र क्षेत्रमा नयाँ भए पनि वर एण्ड वधु मार्फत दर्शकहरुले आफ्नो अभिनयलाई रुचाइ दिनु हुन्छ भन्नेमा पुर्ण विश्वास्त रहेको बताए । नायीका आचल शर्मा र हास्य कलकार किरण केसिले यो चलचित्रको कथा वस्तुसहित प्राविधिक पक्ष उत्कृष्ट रहेको बताउदै । दर्शकहरुलाई एक पटक यो चलचित्र हेर्न अनुरोध पनि गरेका छन ।
निर्देशक मिलन चाम्सले यस अगिका चलचित्रहरु मार्फत नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान र निर्देशन शैली स्थापित गरिसकेको छ । चलचित्रका निर्माता जानुका थापाले चाम्सको निर्देशन भन्ने बितिकै फिल्मप्रति दर्शकहरुको सकरात्मक प्रतिक्षा रहने भएकाले पनि मिलन चाम्ससँग सहकार्य गरेकोे बताइन।