धनकुटा : धनकुटाको सागुरीगढी गाउँपालिका ५ का ५१ वर्षीय नरवीर विश्वकर्मालाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका ६ का ५० वर्षीय कमल विश्वकर्मा रहेका छन् ।
साउन ३० गते मादक पदार्थ सेवन गरी कमल विश्वकर्माले सामान्य विवादको क्रममा कुटपिट गर्दा घाइते भएका नरवीरको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
हत्यामा संलग्न कमललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।