५५ वर्षिय तिवारीले सफलतापूर्वक सम्पन्न गरिन मेची-महाकाली बुलेट बाइक यात्रा

बुधबारे। विश्व शान्ति कामना तथा महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्केकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले बुलेट बाइक यात्रा सफलतापूर्वक सम्पन्न गरेकी छिन् ।

भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट नाति मनिस मैनालीसँग मोटरसाइकल यात्रा सुरू गरेकी तिवारीले पाँचौँ दिन हिजो पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गरेकी हुन् ।

परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन विस्तारै हराउँदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उनले बताइन् । “संस्कृति र पहिचान पोसाकबाट पनि झल्की छ, त्यो नै हरायो भने पहिचान गुम्छ । त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हुँ”, उनले भनिन् ।

झापाको बुद्धशान्ति–३ बस्ने तिवारीलाई कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति