इलाम । डेंगू रोगको सङ्क्रमणबाट इलाममा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिका- १ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन् ।
उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको मृतकका भाइ नरेन्द्र ढकालले जानकारी दिए ।
ढकालका अनुसार मृतक नारायणलाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवल शिक्षण अस्पताल पु¥याइएको थियो । तर, प्लेटलेटको सङ्ख्या ह्वात्तै घटेर उनको निधन भएको हो । मृतक ढकालकी एक श्रीमती मुना र दुई छोरी सलिना र समीक्षा ढकाल रहेका छन् ।