काँकरभिट्टा नाकाबाट साउनमा एक अर्ब ८१ करोडको सामान निर्यात

nepalish-add

बिर्तामोड। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको माल वस्तु निर्यात गरेको छ ।

जुन गत आव २०८०­र८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात् रु ९३ करोड सात लाख ३५ हजारले घटेको हो ।

कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउन महिनामा रु दुई अर्ब ७३ करोड ९० लाख ३४ हजार बराबरको माल वस्तु निर्यात भएको थियो ।

यहाँबाट चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका माल वस्तु निर्यात हुने गरेका छन् ।

प्राप्त विवरणअनुसार गत साउनमा रु ५१ करोड २२ लाख ७८ हजारको चिया निर्यात हुँदा रु ३७ करोड ११ लाख १३ हजार बराबरको प्लाइउड निर्यात भएको छ, जुन गत आव २०८०/८१ को तुलनामा क्रमशः ३८ दशमलव ०८ र ४३ दशमलव ४९ प्रतिशतले बढी हो ।

यसैगरी गत साउनमा रु १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची र रु ३४ करोड ९२ लाख ५९ हजार बराबरका फलाम तथा फलामका सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

गत आवको साउन महिनाको तुलनामा यो ८३ दशमलव २८ प्रतिशत र २९ दशमलव ७६ प्रतिशतले घटेको हो । यस्तै, भेनियर सिटको निर्यात सबैभन्दा धेरै पाँच सय तीन दशमलव ९७ प्रतिशतले बढ्दा छुर्पी, अदुवा, अम्रिसो, काउली, बन्दागोपी, ब्रोकाउलीलगायतका वस्तुको निर्यात घटेको मेची भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found