सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ ।
तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । व्रत निराहार, जलाहार र फलाहार गरी तीन किसिम छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने धर्मशास्त्रका जानकार डा. रामचन्द्र उपाध्याय बताउँछन् । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने उनको भनाइ छ ।
व्रत बस्नु स्वास्थ्यका लागि राम्रो तर तरिका जान्नुपर्छ
समय-समयमा व्रत बस्नाले पाचन प्रणालीमा सकारात्मक प्रभाव पर्ने हुँदा खाना पच्न सहज हुन्छ । केही दिनको अन्तरालमा पेट खाली राख्दा पेट र आन्द्रामा भार कम हुन्छ । पेट खाली राख्दा पेट र आन्द्रामा आवश्यक पर्ने ऊर्जा शरीरका अन्य अंगमा खर्च गर्न सक्छ ।
कुनै पनि स्वास्थ्य समस्या नभएको व्यक्तिले दर खाने दिनमा आठ बजेभित्र खाना खाने र भोलिपल्ट पूरै व्रत बसेर पर्सिपल्ट मात्र खाना खाँदा ३६ घण्टा व्रत बस्दा शरीर ‘अटोफेगी’ हुन्छ ।
अटोफेजी भनेको रिसाइकल गर्ने प्रक्रिया हो, जुन शरीरभित्र हुन्छ । यस अन्तर्गत पुराना कोषिकाहरु नष्ट हुन्छन् र आवश्यक भागले ऊर्जा उत्पादन गर्छन् वा नयाँ कोषिकाहरु सिर्जना गर्छन् ।
यो पनि पढ्नुहोस्।