बिर्तामोडको गिरीबन्धु टी इस्टेट अगाडि कुकर बम

बिर्तामोड । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेट उद्योगको गेटअगाडि कुकर बम राखिएको छ।

पूर्वपश्चिम राजमार्गदेखि दक्षिणमा रहेको गिरीबन्धु टी इस्टेटको उद्योगको गेट अगाडि पड्काइसकेको कुकर फेला परेको हो । बम राति नै पड्काएको अनुमान गरिएको छ । तर, त्यसबाट कुनै पनि क्षति भएको छैन । बम पड्केको आवाजसमेत नसुनेको स्थानीयले बताएका छन् ।

बमसँगै पर्चा पनि भेटिएको छ । नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको हो । त्यो समूहको आधिकारिकताबारे थाहा हुन सकेको छैन । त्रसित र आतंकित पार्ने उद्देश्यले त्यस्तो क्रियाकलाप गरेको हुनसक्ने टी इस्टेटका सञ्चालक छत्र गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति