ओमानले टस जित्यो, नेपाल ब्याटिङ गर्दै

कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको स्थानमा अर्जुन साउद, अनिल साह र आरिफ सेखलाई मौका
nepalish-add

काठमाडौं । आइसिसी मेन्स क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले दोस्रो खेलमा आज ओमानको सामना गर्दैछ।

क्यानडाको किङ सिटीस्थित खेलमैदानमा ओमानले टस जितेर पहिले फिल्डिङ रोजेको छ। नेपालले आज पहिले ब्याटिङ गर्नेछ। आजको खेलमा नेपालले तीन खेल परिर्वतन गरेको छ। ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको स्थानमा अर्जुन साउद, अनिल शाह र आरिफ सेखलाई मौका दिएको छ।

यसअघि पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनको ठूलो अन्तरले पराजित भएको थियो। शृंखलाको दोस्रो खेल जित्दै नेपाल लयमा फर्कन चाहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found